
Hebrew (हिब्रू) 11:1
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।
Romans रोमी 10:9
9किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ,
र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास
गर्यौ भने तिम्रो उद्धार हुनेछ।
Advertisements
Ephesians (एफिसी)6:16 साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू
दुष्टका सबै अग्निबाण निभाउन एफिसीसक्नेछौ।
James (याकूब)1:6
तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले
उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
James (याकूब) 1:3
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।
Advertisements
1 Peter (१ पत्रुस) 5:9
विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका
दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।
Hebrew (हिब्रू) 11:6
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक
आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ
भन्ने पक्का विश्वास गर्नुपर्छ।
Ephesians (एफिसी) 3:17
र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,
Advertisements
Romans (रोमी) 15:13
आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्,
यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक
Romans (रोमी) 12:3
किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले
आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको
विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
Ephesians (एफिसी) 2:8
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन,
यो त परमेश्वरको वरदान हो—
Romans (रोमी) 10:9
किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ,
र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा
विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।
Advertisements
John (यूहन्ना) 3:16
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र
दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
Galantine (गलाती) 2:20
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ।
जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु,
जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
Advertisements
Hebrew (हिब्रू) 12:2
हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका
आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको
सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।
John (यूहन्ना) 8:30
उहाँले यी कुरा बोल्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे।
John (यूहन्ना) 6:29
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले
पठाउनुभयो उसमाथि विश्वास गर।”