
Luke 12:25
तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ?
के तपाई आफ्नो भविष्यको , आफ्नो रोग बिमार निको नहुदाको छोरा छोरीको भविष्यको चिन्ता र फिक्री गर्नुहुन्छ? यहाँ १५ वटा बाइबलको पदहरु बाट यो चिन्ता फिक्रीको बारेमा के भन्छ? तल निम्न बाईबल पदहरु हेर्नुहोस।
- Mathew 6:34(मत्ती) 34 यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”
- 1 Peter 5:7(१ पत्रुस) 7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
- 1 John 4:18 (१ यूहन्ना) 18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।
- Isaiah 41:10(यशैया) 10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
- Proverbs 12:25 (हितोपदेश) 25चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ।
- Luke 12:25 (लूका) 25 तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ? 26यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने, अरू कुराको चिन्ता किन गर्दछौ?
- Hebrew 11:1 (हिब्रू) 1अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। 2किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो।
- Philippians 4:6-7 (फिलिप्पी) 6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, 7र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
9. Psalms 56:3 (भजनसंग्रह) 3जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु।
10. Psalms 23:4 (भजनसंग्रह) 4मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ।
11. Philippians 4:13 (फिलिप्पी) 13जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
12. John 14:27 (यूहन्ना) 27शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
13. Luke 12:11(लूका) 11 “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्नुपर्ने, सो फिक्री नगर,
14.1 Corinthians 7:32१ (कोरिन्थी ) 32तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
15.
15. Hebrew 13:5-6 (हिब्रू) 5तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, व्य ३१:६,८; यहो १:५“म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”6यसकारण निर्धक्क भएर हामी भन्दछौं,